जेष्ठ १ । थाइल्याण्डमा सरकार विरोधी प्रदर्शनकारीमाथि भएकोे आक्रमणमा दुई जना मारिएका छन् भने २२ जना घाइते भएका छन् । थाइल्याण्डको राजधानी बैंकक केन्द्रित प्रदर्शनका क्रममा अज्ञात समूहले ग्रिनेड प्रहार हुँदा दुई जना प्रदर्शनकारी मरिएका हुन् ।
थाइल्याण्डका प्रधानमन्त्री यिङ्लक सिनापात्रालाई पदबाट हटाएपछि नयाँ सरकार गठनमा ढिलाइ गरिएको भन्दै प्रदर्शनकारीले लगातार धर्ना दिंदै आएका छन् । सहरका विभिन्न स्थानमा सरकार विरोधी प्रदर्शनकारी र सिनावात्रा समर्थकबीच झडप पनि हुँदै आएका छन् ।
प्रदर्शनलाई ध्यानमा राखी देशभर सुरक्षा व्यवस्था कडा तुल्याइको छ । थाइल्याण्डमा गत नाभेम्बरदेखि भएको सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म २७ जना मारिइसकेका छन् । (एजेन्सी)