बजेट अधिवेशन यही जेठ १६ गतेका लागि आह्वान

प्रधानमन्त्री सुशील कोइरालाले बजेट अधिवेशन यही जेठ १६ गतेका लागि आह्वान गर्न राष्ट्रपति डा रामवरण यादवलाई सिफारिश गरेका छन् ।
राष्ट्रपति डा यादवलाई भेट्न बिहीबार साँझ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री कोइरालाले बजेट अधिवेशनको मिति सिफारिश गरेको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । 
अन्तरिम संविधान २०६३ अनुसार प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले व्यवस्थापिका-संसद्को अधिवेशन बोलाउने व्यवस्था रहेको छ ।
राष्ट्रपति डा यादवसँग प्रधानमन्त्री कोइरालाले मुलुकको पछिल्लो स्थितिको विषयमा समेत छलफल भएको बुझिएको छ । RSS