सात गाविसलाई समेटेर बनेको सन्धिखर्क नगरपालिको भुगोल नमिलेको भन्दै खारेज गर्नुपर्ने आवाज


 

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची ।  सरकारले घोषणा गरेको यहाँको नगरपालिकको क्षेत्रफलमा जिल्ला स्थित राजनीतिक दलबीच मतभेद भएको छ । सन्धिखर्क सहित सात गाविसलाई समेटेर बनेको सन्धिखर्क नगरपालिको भुगोल नमिलेको भन्दै यसलाई खारेज गर्नुपर्ने आवाज उठेको छ । बाबुराम भट्टराई नेतृत्व सरकारको पालामा जिल्ला स्थित सर्वदलीय बैठकले विवादका बीच सन्धिखर्क, अर्घा, डिभर्ना, वाङला, खाँचीकोट, नरपानी र किमडाँडा गाविसको पुरै भुगोलको सिफारिस गरेका थिए । सात गाविसमा ४९ हजार भन्दा बढी जनंसंख्या छन ।


 दलबीच कुरा मिल्न नसकेपछि तीन दलबीच पाटीको मत अनुसार गाविस बाडफाड भएको थियो । काग्रेसको बहुमत क्षेत्र वाङला र नरपानी एमालेको डिभर्ना र सन्धिखर्क एमाओवादीको अर्घा बाडफाड गरेका हुन । खाँचीकोट र किमडाँडामा तीन दल बराबरी जस्तै छन । सात गाविसको वस्ती भित्र आधा जसो जंगल क्षेत्र पनि पर्छ । नगरपालिको भुगोल सिफारिस गर्दा गाविस छुटाउन पाईदैन भनियो, एमाओवादी जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्काले रिपोर्टर्स क्लवको अन्तरक्रियामा भने, अहिले पठाउ, धेरै गाविस भनेपछि घोषणा हुदैन पछि विज्ञ टोली सरकारले पठाउछ त्यसपछि भुगोल मिलाउला भनेको तर यो सरकारले घोषणा नै गरिदियो, वास्तवमा यो भुगोल मिलेको छैन, यसको खारेज गरि सदरमुकाम सन्धिखर्कलाई केन्द्रविन्दु मानेर वरिपरीको भुभाग समेटनुपर्छ । सात गाविस भित्र विकट वस्ती र अल्गा पहाडको चुचुरा समेत परेका छन । नगरपालिको समर्थन र खारेज हुनुपर्नेमा पाटीबीच मतभेद छ । विहान बेलुका छाक टार्न मुस्किल पर्ने दुर्गम वस्तीका सर्वसाधारणले कसरी नगरपालिकालाई कर तिर्छन, ठाकुर विकले भने, हावादारी निर्णय भयो यसले भोलिको नगरापालिको भौतिक पुर्वाधार विकासमा असर पार्छ र नगरपालिका लथालिंग हुन्छ ।  नागरिक समाज र बुद्धिजीवि सरोकारवालले पनि भुगोल मिलाउनुपर्ने बताएका छन ।  राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले बैठक बसेर सिफारिस त गरियो तर भुगोल मिलेन ठुला दलले मेयर जित्ने होडबाजीमा धेरै गाविस समेटिएको दावी गरे । उनले निर्णय गर्दा गल्ती भएको र हचुवामा सिफारिस गरिएको बताए ।


विजुली, खानेपानी, भौतिक पुर्वाधार, सड्क, खानेपानीका पुर्वाधार विकट वस्ती सम्म समानान्तर विकास गर्न समस्या आउने उनले बताए । गाविसलाई मात्रै आधार मान्दा सदरमुकाम नजिकैको गाउँ समेटिएन तर गाविसको छनोट गर्दा जिल्लाकै अल्गो खाँचीको लेख, नरपानी, अर्घाको लेख समेटिएका छन । सरकारले घोषण गरेपछि फेरी भुगोल मिलाउनुपर्छ भनेर हुदैन, काग्रेस सभापति कमल भुसालले भने, सदरमुकाम लगायत सुगम गाविस देखी दुर्गम वस्ती र उच्च पहाड एकै नासले विकास हुन्छ, सुगममा सुन्दर बनाईन्छ र विकट र अल्गो डाँडोलाई पर्यटकीय स्थल बनाईन्छ, यहाँ विदेशी पर्यटक भित्राएर डाँडोबाट डलर भित्राईन्छ, झुपडी बस्तीमा डलर खस्छन, नगरपालिकलाई उत्कृष्ट बनाईन्छ ।  एमाओवादी, राजमो लगायत साना दल पुन भुगोल मिलाउनुपर्नेमा जोड दिएका छन ।  काग्रेस एमाले जिल्ला नेतृत्व बाहेक अरुले भुगोलले भुगोल मिलाउनुपर्ने दावी गरेका छन ।


एमाले सचिव रामबहादुर चौहानले आफै बैठकमा बसेर निर्णय गरेर सिफारिस गर्ने अनि फेरी भुगोल मिलेन भन्नु कुनै अर्थ छैन यसलाई जसरी पनि कार्यन्यवन गर्नुपर्छ र तत्काल नगरपालिकको चुनाव गराउनुपर्ने बताए । उवासंघका महासचिव नेत्र भुसालले दलले गरेको निर्णय केटाकेटी खेल जस्तै भएको आरोप लगाउदै दुर्गम वस्तीका सर्वसाधारण भोली कर तिर्दा आम्दानी र आयस्रोतले थेग्न नसक्दा स्थानीय वासिन्दालाई समस्या पर्ने बताए ।  कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता र वीरेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

१५ वटा वार्ड हुने गरी वार्ड बिभाजन र नयाँ थपिएका गाविससगै सन्धिखर्क नगरपालीकाको अवस्था यस्तो हुने छ :
 
सन्धिखर्क गाबिसका पुराना वार्ड न.४,५ र ६ नयाँ नगरपालिकाको वार्ड न् १ हुने तथा र पुराना वार्डहरु ७,८,र ९ वार्ड नयाँ नगरमा वार्ड न.२ हुने छन। त्यसैगरी पुराना वार्ड १,२,३ नयाँ नगरपालिकामा वार्ड न.३ हुने छ।
 
वाङ्ला गाबिसका पुरानो वार्ड न. १,२,३,४ र ५ लाई नगरपालिकामा वार्ड न.४ मा राखिने भएको छ भने वाङ्लाकै पुराना वार्ड न. ६,७,८,र ९ लाई नयाँ नगरपालिकामा वार्ड न.५ हुने गरी राखिएको छ।
 
नरपानी गाविसको पुरानो वार्ड क्रमस: १,२,३,५ र ६ लाई नयाँनगरमा वार्ड न.६ हुने गरी समावेश गरिएको त्यसै गरी पुराना वार्ड ४,७,८,र ९ लाई नयाँ नगरमा ७ नम्बर वार्ड गरिएको छ।
 
खाचिकोट गाबिसका पुराना वार्डहरु क्रमस ७,८,९,१,र ३लाई नयाँ नगरपालिकामा वार्ड न. ८ हुने गरी , त्यसै गरी वार्ड न् २,४,५,६ लाई नयाँ नगरपालिका मा वार्ड न् ९ हुने गरी बिभाजन गरिएको छ।
 
किमडाडा गाबिसका पुराना वार्डहरु क्रमस:१,२,३ र ५ लाई  नयाँ नगरपालिकामा वार्ड न् १० हुने गरी त्यसै गरी वार्ड न.,६,७,८,र ९ लाई नयाँ नगरमा वार्ड न् ११ हुने गरी प्रस्ताव गरिएको छ।
 
अर्घा गाबिसका पुराना वार्डहरुमा क्रमस वार्ड न् १,२,३,४ र ८ लाई नयाँ नगरमा वार्ड न् १२ हुने गरी र वार्ड न् ५,६,७,र ९ लाई नयाँ नगरमा वार्ड न् १३ हुने गरी समाबेश गरिएको छ ।
 
डिभर्ना गाबिसका पुराना वार्ड न.१,२,३ र ४ लाई नयाँ नगरपालिका को वार्ड न् १४ मा समाबेश हुने गरी र ५,६,७,८,र ९ लाई  नयाँ नगरपालिकाको वार्ड न १५ हुने गरी समाबेश गरिएको छ।
 
यस्तो सरचनामा सन्धिखर्क नगरपालिका भित्र जम्मा १५ वार्ड रहने छन ।
 
नयाँ नगर वार्ड र चूनाबी केन्द्र –
 
सोही अनुसार सोही सन्यन्त्रलेनै नयाँ नगर वार्डहरुको नयाँ चूनाबी केन्द्रहरुलाई पनि एकै साथ निर्धारण गरेको छ। जस अनुसार वार्ड न.१ सन्धिखर्कको चूनाबि केन्द्र अर्थात् नगरपालिकाको वार्ड कार्यालय सन्धिखर्क,२ न.वार्डको कार्यालय वार्ड न् २ को चुत्राबेसी,३ को बराहनेटा केन्द्र हुने गरी र वार्ड न् ४ को नागेंठाटी तोकेको छ।
 
वार्ड न ५ को बरपोखरा, वार्ड न् ६ को भुवनडाडा,७ को नरपानी, वार्ड  न.८ को उपल्लो किटेनी चौपारी र वार्ड न.९ को गच्छे बजार, वार्ड न.१० को लामीडाडा नेराप्राबि भएको स्थानमा त्यसैगरी वार्ड न् ११ को सिमलपाटा , वार्ड न् १२ को राइसचौर, वार्ड न् १३ को धरमपानी केन्द्र हुने गरी त्यसै गरी वार्ड न.१४ को पुरानै गाबिस विजय माबि डिभर्ना कार्यालय हुने गरी र वार्ड न् १५ को झेडी कार्यलय र केन्द्र  हुने गरी नयाँ प्रस्ताव गरेका छन।

 













 



 

 

अन्य समाचारहरु