काठमाडौं, जेष्ठ २ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा पदमुक्त भएका छन् । मन्त्रिस्तरीय बैठकको निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रालयले पदावधि सकिएको भन्दै सदस्यसचिव लामासहित परिषदका ६ सदस्यलाई पदमुक्त गरेको हो ।
परिषदमा हालका लागि युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता चुडामणि पौडेल निमिक्त सदस्यसचिवमा नियुक्त भएका छन् ।
सरकार परिवर्तन भएसँगै खेलकुद परिषदको नेतृत्व पनि परिवर्तन हुँदै आएकामा युवराज लामाले आफ्नो कार्यकाल अझै एक वर्षबढीको रहेको भन्दै आएका थिए ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले लामालाई हटाउन नसकेकामा पार्टी कार्यकर्ताबाटै आलोचना खेप्दै आएका थिए । IMAGEKHABAR