अर्घाखाँचीमा हुने सडक दुर्घटनाको मुख्य कारण सडकको दुरवस्था र ड्राइभरको लापरवाही

अर्जुन भुसाल 



सन्धिखर्क, अर्घाखाँची जेठ २ ।  जिल्लामा सवारी दुर्घटनाहुनुमा सडकको दुरवस्था र ड्राइभरको लापरवाही दुबै कारण रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले सवारी दुर्घटना कम गर्न प्रर्याप्त जनचेनताको कमी भएको औंल्याए । नेपाल  पत्रकार महांसंघ अर्घाखाँचीले गरेको  सवारी दुर्घटनाका कारण र नियुनिकरण विषयक अन्र्तक्रया कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड दिएका हुन । उनीहरुले जिल्लामा ठुला-ठुला दुर्घटना हुँदा  ठुलो धनजनको क्षति भएको  प्रति दुख प्रकट गरे । वक्ताहरुले सन्धिखर्क गोरुसिङ्गे सडक खण्डमा वढि दुर्घटना हुनुमा चालकको पनि कमजोरी उत्तिकै देखिएको बताए ।  सो  सडक अन्र्तगत  यही वैशाख १७ गते नरपानी – ५ जगतमा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भयो । सन्धिखर्कबाट बुटवलको लागी छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्क आउँदै गरेको लु १ ख ७८२५ नम्बरको मिनी ट्रक घुम्तीमा  एकआपसमा  ठोकिदा १८  जनाको मृत्यु भएको हो ।  तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

 


 

ट्राफिक कार्यलयका प्रमुख रुद्र फुयाँलले यो दुर्घटना तीव्र गतिका कारण भएको बताए । उनले दुर्घटना बस र ट्रक दुबैले हर्न नवजाएका कारण भएको अुनसक्ने बताए । कुनै एकले हर्न वजाएको भए पनि दुर्घटनाबाट जोगिन सक्ने स्थिति रहन्थ्यो उनले भने, दुबैले हर्न नबजाएको जस्तो पाइयो । उनले सवारी चलकले ट्राफिक नियमको सहि पालना नगर्दा दुर्घटनाका घटना वढेको बताए । सन्धिखर्क गोरुसिङ्गे सडकमा पछिल्ला दिनहरुमा वस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएका छन् । ०७०  पुस २२ मा पनि नरपानीको फुदवाङमा अर्घाखाँचीबाट काठमाडौंका लागि छुटेका लु १ ख ५७६३ नम्बरको बसलाई विपरित दिसाबाट आइरहेको मिनी  ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको थियो । गोरुसिङ्गे सन्धिखर्क सडक अन्र्तगत नरपानी  गाविसमा ठुला दुर्घटना हुने गरेका छन् । यहाँ ०६९ साउनमा फोर्स दुर्छटना हुँदा घटना स्थलमै १५ जनाले ज्यान गुमाएका थिए । अन्य ससाना दुर्घटनाबाट यस क्षेत्रमा धेरैले ज्यान गुमाएका छन् ।

 

सन्धिखर्कबाट नरपानीको घुम्ती सम्मको सडकको दुरी १४   किलोमिटर छ । यहाँ करिव ३०-३५  ओटा जटिल प्रकारका मोडहरु रहेका छन् । पछिल्लो समयमा भएका दुइ ओटा दुर्घटना पनि  मोडमा एक आपसमा ठोक्किएर भएका हुन । सडक विभागले वर्षेनि करोडौं रुपौयाँ खर्च गर्ने गरे पनि त्यो रकम प्रभावकारी हुन सकेको छैन् । सडक विभागले उप्किएको ठाउँमा ओटासिल गर्ने भन्दा अरु काम नगरेको गुनासो वढने गरेको छ । 

 


सन्धिखर्कबाट काठमाडौंको लागि छुटेको लु १ ख ५७६३ नं. को रात्री बाहक बस फुद्वाङको राटटारीमा दुर्घटना । मिति: २०७० पौष २४, सोमवार

 

स्थानिय शान्ति समितिका संयोजक रामजीप्रसाद घिमिरेले सडक विभागमा ठुलो अनियमितता भएको दावी गरे । सडक विभागमा  ठुलो अनियमितता भएको छ उनल भने, विभागले मोडहरु नकाटे सम्म दुर्घटना कम हुने अबस्था छैन । उनले ट्रकहरुलाई सालझण्डी ढोरपाटन सडक वा अन्यत्रबाट सञ्चालन गर्नु पर्ने बताए । उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठले  ठुला ठुला सवारी दुर्घटना हुँदा पनि छानविन नगर्नु दुखद पक्ष भएको बताए । १८-१९ जनाको ज्यान जाने गरि ठुलो दुर्घटना हुन्छ, किन भयो भनेर छानविन गरिदैन उनले भने,  दोषी माथि कारवाही पनि हुँदैन, यसमा सरकारको कमजोरी छ । प्रहरी नायव उपरिक्षक दीपेन्द्र जिसीले दुर्घटना कम गर्न चालक र यात्रु दुबै चनाखो हुनुपर्ने बताए । चालकले लापरवाही गरेर चलाउँनु हुदैन उनले भने, ट्राफिक नियम उल्लघंन गर्ने जो कोहिलाई पनि कारवाहीको दायरामा ल्याएरै छाड्छौं । उनले हरेक चालकले लाइसेन्स लिँदा ट्राफिक ज्ञान लिने  भएपनि त्यसलाई कार्यान्वयन गर्न नखोज्नु कमजोरी भएको बताए । यातयात व्यवसायीहरुले तालिमको आयोजना गर्नु प-यो जिसीले भने,  हामी ट्राफिक ज्ञान दिन जतिबेला पनि तयार छौं । पश्चिम नेपाल वस व्यवसायी समितिका सन्तोष बस्नेतले केहि वर्ष यता बसका कारणले कुनै ठाउँमा दुर्घटना नभएको दावी गरे । बस चालकले धेरै सावधानी अपनाएका छन् उनले भने, बसको दोष देखाउनुहोस हामी कारवाही भोग्न तयार छौं ।



देउराली यातयात व्यवसायी संघका अध्यक्ष योगेन्द्र खडकाले केहि कमजोरीहरु चालकहरु समक्ष  रहेको बताए । तीव्र गतिमा सवारी हाक्नु, मोडमा हर्न नबजाउनु चालकका कमजोरी हुन उनले भने तर सबै दोष चालकलाई मात्र थुपारेर हुँदैन । उनले यात्रुको दवावले गर्दा सवारी चालकले छतमा यात्रा गराउन वाध्य भएको बताए । राजनीतिक दलका कार्यक्रममा दलका कार्यक्रता छतभरि भरिएर कार्यक्रम स्थल सम्म पुग्छन उनले थपे, दलहरुले पनि कार्यक्रतालाई छतमा यात्रा गराउदैनौं भनेर प्रतिवद्धता जायर गर्नु प-यो । उनले सबैले छतमा यात्रा गर्दैनौं र गराउदैनौं भनेर लिखत गरे आफूहरुले छतमा नराख्ने बताए ।



 जिल्लाका ग्रामिण भेगमा यात्रुहरुले दिनहु छतमा बसेर यात्रा गरिहेका छन् । छतको यात्राले पनि बेलामौकामा दुर्घनाहरु हुने गरेका छन् तर छतको यात्रा रोक्ने विषयमा सरोकारवालाहरु गम्भीर देखिदैनन् । स्थानिय विकास अधिमकारी हेमराज भुसालले सन्धिखर्क – गोरुसिङ्गे सडकका मोडहरु काटन आवश्यक भएको बताए  । यो सडक भन्दा धेरै साँघुरा सडकहरु पनि छन् तर दुर्घटना कम भएका छन

अन्य समाचारहरु