प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २ जेठ । लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँचीमा साघुरो सडक, तीब्र गती र चालकले सामान्य कुरामा समेत ध्यान नदिदा दुर्घटना बढेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यलयका अनुसार चालु अर्थिक बर्ष २०७० र ७१ को १० महिनामा ११ वटा सडक दुर्घटनाका घटना भए । दुर्घटनामा २९ जनाको ज्यान गयो । ४४ जना गम्भीर घाइते र ४९ जना सामान्य घाइते भए ।
अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बाहिर जादै गरेको बस ।
चालकले मोबाइल फोनको प्रयोग गर्नु, सवारी चालकले कोखामा युबतीहरु राख्नु, घुम्तीहरुमा समेत तीब्र गतीमा गाडीहरु चलाउनु, हर्न नबजाउनु , चालक अनुमती पत्र बिना गाडीहरु चलाउनु लगायतका कारणले सवारी दुर्घटना बढेका हुन । सडकको स्तरोन्नतीमा बिनीयोजीत बजेट अनुसार काम हुन नसक्नु, धेरै साघुरा घुम्तीहरु रहनु, सवारी साधनमा क्षमता भन्दा बढि यात्रुहरु राख्नु, चालकले मादक पदार्थ सेबन गरेर गाडी चलाउनुनै दुर्घटनाको कारण बनेका छन । सवारी चालकहरु युबाहरु रहनु, र चालकको असाबधानीनै दुर्घटनाका कारण बन्न पुगेका छन ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आज शुक्रबार बिहान गरेको अर्घाखाँचीमा बढ्दो दुर्घटना न्युनीकरणमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सार्बजनीक तथा निजी सवारी साधनका गाडी धनी तथा चालकहरुले ट्राफीक नियम र कानुनको कार्यन्वयनमा ध्यान दिन सके मात्र जिल्लामा बढ्दो दुर्घटना न्युनीकरण गर्न सकिने बताएका छन ।
जिल्लाका सबै गाविस र बस्तीमा मोटरबाटो पुगेको पहाडी जिल्ला अर्घाखाँचीमा ग्रामीण क्षेत्रका सडकमा भन्दा ६८ किलो मिटर रहेको गोरुसिंगे सन्धिखर्क सडकमानै बढि दुर्घटना हुने गरेको बताउदै स्थानीय बिकास अधिकारी हेमराज भुसालले सडकको स्तरोन्नती गर्नमा आफुहरु लागेको बताए ।
चालक अनुमति पत्र बिनानै सडक सवारी तथा मालबाहाक गाडीहरु चलाउने तथा ट्राफिक नियम बिपरित गाडी चलाउनेहरुलाइ ट्राफिक नियमानुसार कारबाही भएको प्रहरी नायब उपरिक्षब दिपेन्द्र जिसिले बताए ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, एमालेका जिल्ला उपसचिब प्रेमनारायण गैरे, एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का, सचिब ठाकुर कुमार बिक, नेकपा माओबादीका जिल्ला सेक्रेटरी भेसराज भुसाल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक कुमार श्रेष्ठ , देउराली यातायात ब्यबसायी समितिका अध्यक्ष योगेन्द्र खड्का पश्चिमाञ्चल बस ब्यबसायी समितिका कमल भटराइ, सन्तोस बस्नेत, निर्माण ब्यबसायी संघका युबराज श्रेष्ठ , नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष युबराज पाण्डे, लगायतले मन्तब्य राखेका थिए ।
पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्यको बिषय प्रबेसबाट सुरु भएको कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थीको अधयक्षता, हिमबादुर जिसीको स्वागत मन्तब्य र गणेश खनालको सञ्चालनमा सम्पन्न भएको हो ।