काठमाडौं । संविधानविद् निलाम्बर आचार्यले एक वर्षभित्र संविधान नबन्ने दाबी गरेका छन् ।
गणेशमान सिंह स्मृति अध्ययन प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा संविधानविद् आचार्यले संविधान लेखनको गति ढिलो भएकाले एक वर्षभित्र संविधानको मस्यौदा मात्र तयार हुन सक्ने जिकिर गरे ।
उनले संविधानसभाका प्रमुख दुई शक्ति सत्ता र संविधान लेखनमा सहकार्य हुने भएकाले संविधानसभाबाट संविधान बन्ने ग्यारेण्टी भने भएको दाबी गरे ।
संविधान लेखनको कामलाई समयमै टुंगोमा पु