ताप्लेजुङ, जेष्ठ ४ । मञ्च सम्वद्ध संघिय लिम्वुवान राज्य परिषदले गरेको बन्दको कारण आज बिहानैदेखि ताप्लेजुङको जनजिवन प्रभावित बनेको छ ।
दोस्रो संविधानसभाको निर्वाचनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको माग गर्दै परिषद्ले आज एक दिने बन्दको आह्वान गरेको हो । बन्दको कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधान चल्न सकेका छैनन् भने बजार, कलकारखाना, उद्योगधन्दा र विद्यालय ठप्प बनेका छन् ।
निर्वाचनमा राजनीतिक विरोध जनाउने क्रममा पक्राउ परेका संघिय विद्यार्थी युनियनका ताप्लेजुङका उपाध्यक्ष रक्की थेवे सहित पाँच जना कार्यकर्तालाई विना सर्त रिहाको माग गर्दै बन्द गरिएको परिषद्ले जनाएको छ । आफ्ना पाँच जना कार्यकर्तालाई तत्काल रिहा नगरे जेठ ७ गते मेची राजमार्ग बन्द र जेठ ११ गते पूुर्वका नौ जिल्ला बन्द गर्ने चेतावनी परिषद्ले दिएको छ । IMAGEKHABAR