लीबियाको संसद भवनबाहिर बन्दूकधारीले आक्रमण गरी केही व्यक्तिलाई बन्धक बनाएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार पूर्व शासक कर्णेल गद्दाफीको समर्थन गर्ने जिन्टान नामक उग्रवादी संगठनले आक्रमण गरेको हो ।तर आक्रमणको जिम्मेवारी भने सेनाका पूर्व अधिकारी खलीफा हिफ्तारसँग सम्बन्धित संगठनले लिएको छ ।
जवाफमा सरकारी सेनाले पनि कार्वाही गरेको छ । शुक्रवार बेन्गाजी शहरमा हिफ्तार समर्थकहरुले नै आक्रमण गर्दा ७० जनाभन्दा बढी व्यक्ति मारिएका थिए । एक नेताले लीबियामा न त वास्तविक संसद रहेको, न त सरकार, जताततै सशस्त्र उग्रवादीहरुको राज रहेको टिप्पणी गरेका छन् ।
सरकारले त्यस्ता संगठनलाई नियन्त्रण गर्न नसक्दा देश नै एक ज्वालामुखीको मुहान जस्तो भएकाले कुनै पनि बेला विष्फोट हुनसक्ने त्रास व्यक्त गरेका छन् । AGENCIES