भाजपाका संसदीय दलका नेता नरेन्द्र मोदीको प्रधानमन्त्री सपथ आगामी सोमबार साँझ

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतीय जनता पार्टी (भाजपा)का संसदीय दलका नेता नरेन्द्र मोदीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । भाजपा संसदीय दलको नेता चयन भएलगत्तै आज दिउँसो राष्ट्रपति भवन पुगेर मोदीले नयाँ सरकार गठनको दाबी पेश गरेकोमा राष्ट्रपति मुखर्जीले प्रधानमन्त्रीमा नियुुक्त गरिएको पत्र दिंदै मन्त्रिमण्डल गठनका लागि आग्रह गरेका हुन् ।
मोदीले प्रधानमन्त्रीको सपथ भने आगामी सोमबार साँझ लिनेछन् । मोदीलाई भाजपा गठबन्धनमा रहेका ३ सय ३६ सांसदको समर्थन रहेको छ ।
यसअघि दलको नेता चयन गर्न आयोजित सभालाई सम्बोधन गर्दै मोदीले आफ्नो सरकार गरिबहरुका लागि समर्पित हुने बताएका थिए । भारतका १ अर्ब २५ करोड जनताको आशा र आकांक्षालाई समेटिने भन्दै उनले आफ्नो जिम्मेवारीको समय सुरु भएको बताए ।
सम्बोधनका क्रममा पटक