जेष्ठ ७ । अफ्रिकी मुलुक नाइजेरियामा बम विस्फोटमा परी १ सय १८ जना मारिएका छन् । जोश शहरमा भएको दुई छुट्टाछुट्टै विस्फोटमा ५० भन्दा बढी घाइते भएका छन् । व्यस्त शहर र अस्पतालनजिक गराइएको विष्फोटका कारण ठूलो मानवीय क्षति भएको हो । अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको घटनामा मारिनेमा धेरै महिला छन् ।
उक्त शहरमा पछिल्ला वर्षमा ईसाई र मुसलमान समूहबीच झडप भैरहन्थ्यो भने आतंकवादी संगठन बोकोहरामको आक्रमणमा पनि यो शहर परिरहन्थ्यो ।राष्ट्रपति गुडलक जोनाथनले मानव स्वतन्त्रताविरुद्धको अपराध भएको भन्दै घटनाको निन्दा गरेका छन् ।
आतंकविरुद्धको युद्ध जितेरै छाड्नेमा विश्वस्त हुन पनि राष्ट्रपतिले सबै जनतामा अपील गरेका छन् । सरकारले यस्तो भनेपनि बोकोहरामले एक महिना अगाडि कब्जामा लिएका दुई सयभन्दा बढी स्कूल बालिकाको अझै पत्तो पाउन सकेको छैन । AGENCIES