जेष्ठ ७ । देशमा चर्केको सशस्त्र युद्धका कारण शरणार्थी बनेर लेवनान पुगेका सिरियाली सर्वसाधारणहरु उचित उपचार नपाउँदा फेरि आफ्नै घर फर्कन विवश भएका छन् ।
दाता राष्ट्रहरुले दिएको सहायता कम भई उपचार नपाउँदा उनीहरु सिरिया फर्कन बाध्य भएको मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले जनाएको हो ।
संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार २७ लाख सिरियाली नागरिक शरणार्थीका रुपमा देश छाडेर अन्यत्र पलायन भएका छन् । ती मध्ये अधिकांश लेवनान, टर्की, जोर्डन, इराक र इजिप्टमा पुगेका छन् ।
लेवनानका अस्पताल र स्वास्थ्य संस्थाहरुमा उपचार सेवा महँगो हुँदा शरणार्थी मर्कामा परेका हुन् । शरणार्थी बालबालिकाले पोलियो खोप र अरु औषधोपचार नपाएकामा राष्ट्रसंघले विश्व समुदायको ध्यानाकर्षण गराउँदा पनि सहयोग जुट्न सकेको छैन । IMAGEKHABAR