पूर्वी नेपालका चिया बगानहरुमा कार्यरत मजदुरहरुले सरकारले तोकेको न्यूनतम ज्याला पाउने भएपछि आन्दोलन फिर्ता

झापा, जेष्ठ ९ । पूर्वी नेपालका चिया बगानहरुमा कार्यरत मजदुरहरुले सरकारले तोकेको न्यूनतम ज्याला पाउने भएपछि आन्दोलन फिर्ता लिएका छन् । सरकारले निर्धारण गरेको ज्याला दिन चिया उद्योगी सहमत भएपछि चिया बगानका मजदुरहरु आजैदेखि काममा फर्किएका छन् ।
हिजो श्रम तथा रोजगार मन्त्रालयमा भएको वार्तामा चिया उद्योगीहरु सरकारले निर्धारण गरेको दुई सय एक रुपैयाँ ज्याला दिन सहमत भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मेचीका अध्यक्ष सन्तकुमार राईले बताए ।
सहमतिपछि मजदुरले सर्वाेच्च अदालतको फैसला अनुसार गत वर्षको भाद्रदेखिको दैनिक दुई सय एक रुपैयाँ ज्याला पाउने भएका छन् । मजदुर, उद्योगी र सरकारबीच त्रिपक्षीय सहमतिपछि एक महिनादेखि बन्द रहेका ६० भन्दा बढी चिया प्रशोधन कारखाना र चिया बगान खुलेका हुन् । IMAGEKHABAR