९ जेठ, काठमाडौं । केही दिनयता लगातार बढिरहेको गर्मीले तातो हावा लू चल्न थालेपछि तराईको जनजीवन प्रभावित हुन थालेको छ । तापक्रम ४२ डिग्रीभन्दा माथि पुगेपछि सुदूरपश्चिमा कैलाली, कञ्चनपुरसहितका जिल्लामा तातो हावा लू चल्न थालेको हो ।
तातो हावा चल्न थालेपछि सडकमा निस्कने मानिसहरुको संख्या पनि हृवात्तै घटेको छ । प्रचण्ड गर्मीसँगैको तातो हावाले मानिसलाई घर बाहिर निस्कनै समस्या भएपछि दैनिक जीवन कष्टकर भएको छ । मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार कैलालीमा यसवर्ष सबैभन्दा बढी अधिकतम तापक्रम ४१ दशमलव ६ डिग्रीसम्म पुगेको छ ।
कैलालीमा ५ वर्षयताकै सबैभन्दा गर्मी ०६९ जेठ ३१ गते रेकर्ड भएका थियो । त्यो दिन कैलालीको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री पुगेको थियो । गर्मीले सबैभन्दा बढी विद्यार्थी र दैनिक ज्यालादारी गर्ने मजदुर प्रभावित भएका छन् । सुदूरपश्चिमा कञ्चनपुर र दिपायलदेखि पूर्वका बिराटनगरसम्म अधिकतम तापक्रम ४० डिग्रीमाथि पुगेको छ । भैरहवाको तापक्रम ४२ दशमलव ६ डिग्री पुग्दा सुदूरपश्चिमको पहाडी सहर दिपायलको तापक्रम पनि ४२ दशमल ५ डिग्रीसम्म पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखा काठमाडौंले देशको पूर्वी भागमा भन्दा पश्चिमी भागमा बढी गर्मी भएको बताउँदै पश्चिमी क्षेत्रमा