प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दलहरुबीच सहमति गरेर जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
जागरण नेपालद्वारा कर्णाली अञ्चलका पाँच जिल्लामा सञ्चालित लोकतान्त्रिक सुशासनका लागि निर्वाचन शिक्षा कार्यक्रमको अवस्था, चुनौती र आगामी कार्यदिशाका सम्बन्धमा शुक्रबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा उनले संविधान निर्माण प्रक्रियाले स्थानीय निकायको निर्वाचनलाई कुनै असर नपर्ने हँुदा सबै मिलेर निर्वाचनमा जानुपर्ने बताए ।
कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईंले गाविस तथा जिल्लास्तरका नेताहरुलाई निर्वाचनसम्बन्धी महत्वपूर्ण सूचनाका बारेमा क्षमता अभिवृद्धि गर्न निर्वाचन शिक्षाले सकारात्मक भूमिका निर्वाह गरेको छ भने ।
राष्ट्रिय पर्यवेक्षण समितिका कोषाध्यक्ष भवानी खरेलले विगत लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायमा अनियमितता बढ्दै गएको उल्लेख गरे ।
जागरण नेपालका निर्देशक मीना विष्टले निर्वाचन शिक्षाले निष्पक्ष, स्वतन्त्र तथा भयमुक्त जननिर्वाचनको वातावरण सिर्जना हुनाका साथै उत्तरदायी, पारदर्शी तथा जवाफदेही सरकार निर्माणका लागि महत्वपूर्ण योगदान पुग्ने बताइन । रासस