काठमाडौं, जेष्ठ ९ – सभासद्हरुले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश गोपाल पराजुलीलाई चारवटा बिहेबारे गहिरो चासो लिएका छन् ।
संसदीय सुनुवाईमा उभिएका पराजुलीलाई अधिकांश सभासद्हरुले चारवटा बिहे र श्रीमतीको व्यवस्थापनबारे सोधे । सभासदहरु भीम रावल आरजु देउवा, रविन्द्र अधिकारी, प्रभू साह, प्रकासशरण महत, भानुभक्त ढकाल, एकनाथ ढकाललगायतले प्रस्तावित न्यायाधीश पराजुलीमाथि नैतिकताको प्रश्न उठाएका छन् ।
एमाले सभासद् रावलले नैतिकताले बिरक्त लाग्दैन भनि जिज्ञासा राखेका थिए ।
अधिवक्तासमेत रहेका सदभावना पार्टीका सभासदले चारवटी श्रीमती बिहे गर्नु कानुन विपरीत भएको भन्दै त्यस्तो व्यक्त सामान्य सरकारी जागिरका लागि अयोग्य हुने बताए । EKANTIPUR