बर्दिया, जेष्ठ १० । आगामी असार ८ गते हुने उपनिर्वाचनमा बर्दिया क्षेत्र नम्वर १ मा विद्युतीय मेसिनद्वारा मतदान हुने भएको छ । निर्वाचनलाई छिटो छरितो तथा कम खर्चिलो र धाँधलीरहित वनाउने हेतुले सो मेसिनको प्रयोग गरिन लागिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवन शाहीले जानकारी दिए ।
सो मेसिन नेपालमा ०६४ सालमा काठमाडौंमा प्रयोग गरिएको थियो । एमालेका वामदेव गौतमले बर्दिया र प्युठान दुवै क्षेत्रबाट संविधानसभाको निर्वाचनमा विजयी भएपछि बर्दिया क्षेत्र नम्वर १ छाड्का थिए ।
दुई ठाउँबाट निर्वाचन जितेका माधवकुमार नेपाल काठमाडांै, सुशील कोईराला चितवन, वामदेव गौतम बर्दिया र शेरवहादुर देउवा कैलाली छाडेपछि ती क्षेत्रहरुमा पनि एकै मितिमा उपनिर्वाचन गर्न थालिएको हो । बर्दिया क्षेत्र नम्बर १ मा ५८ हजार ४ सय ६३ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । IMAGEKHABAR