उदयपुर – शनिबार विहान छुट्टाछुट्टै ठाउँमा परेको चट्याङले दुईको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। वर्षासँगै विहान ९ बजे परेको चट्याङ लागेर उत्तरी भेगको साउने गाविस ९ टोड्केका ३६ वर्षीय डम्बर मगरको मृत्यु भएको हो। चट्याङ लागेर मगरको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
त्यसैगरी मध्यवर्ती गाविस भलायाडाँडा ३ का ६५ वर्षीय सन्तबहादुर राईको पनि चट्याङ लागेर मृत्यु भएको छ। घरमै रहेका बेला साढे ९ बजे परेको चट्याङ लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
चट्याङले मृतक मगरका ६७ वर्षीय बाबु चित्रमान र २२ वर्षीया छोरी सीता सामान्य घाईते भएका छन्। अर्को गाविस खाँबुमा पनि चारजना घाईते भएको प्रहरीले जनाएको छ। खाँबु ४ की ४१ वर्षीया रणलक्ष्मी श्रेष्ठ, उनकी छोरी १८ वर्षीया रेखा श्रेष्ठ र छिमेकी ४० वर्षीय दिलनारायण श्रेष्ठ तथा ४५ वर्षीया चन्द्रमाया श्रेष्ठ घाईते भएको प्रहरी उपरीक्षक अजय भट्टराईले बताए।
चारैजना घाईतेको सदरमुकाम गाईघाटस्थित उदयपुर अस्प्तालमा उपचार भईरहेको छ। सामान्य घाईते मगरद्वयको भने गाउँकै स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ। NAGARIKNEWS