बाँके, जेष्ठ १० – दाइको रिसले घरमा पेट्रोल छर्केर जैसपुरका सद्दाम नाउले लगाएको आगोले जलेर घाइते भएका एक नाबालकको शनिबार बिहान मृत्यु भएको छ ।
तीन वर्षीय बालक रियाजुलन नाउको मृत्यु भएको इन्सेकका नेपालगन्जका क्षेत्रीय संयोजक शिव खकुरेलले बताए । उनी बिहान घाइते भेट्न कान्ति बाल अस्पताल पुगेका थिए । नाबालकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको खकुरेलले बताए ।
घाइते मध्ये १० महिनाका रिहानको अवस्था गम्भीर रहेको उनले बताए । नाबालकका आमा २२ वर्षीया अचन्दाको टिचिङ अस्पताल महराजगन्जमा भइरहेको छ । EKANTIPUR