प्रधानमन्त्री सुशील कोइराला भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ समारोहमा भाग लिन नयाँदिल्लीमा

जेष्ठ १२ । प्रधानमन्त्री सुशील कोइराला भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ समारोहमा भाग लिन आज नयाँदिल्ली आईपुगेका छन। नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा सपथ समारोहमा भाग लिन उनी दिल्ली आईपुगेका हुन् ।
कोइरालालाई लिन भारतले विशेष विमान पठाउने चर्चा भएपनि प्रधानमन्त्री कोइराला जेट एयरवेजको नियमित उठानबाट दिल्ली गएका हुन् । १३ सदस्यीय भ्रमण दलमा मन्त्री विमलेन्द्र निधि, कांग्रेस नेताहरु डा. सशांक कोइराला, सुजाता कोइरालालगायत सहभागी छन् ।
भ्रमणका क्रममा कोइरालाले भारतीय प्रधानमन्त्री मोदीका अतिरिक्त राष्ट्रपति प्रणव मुखर्जी, नेताहरु सोनिया गान्धी, राजनाथ सिंह, निवर्तमान प्रधानमन्त्री मनमोहन सिंह लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
कोइरालाले मोदीलाई नेपाल भ्रमण गर्न निम्ता पनि दिने भएका छन् । मोदीको आमन्त्रणमा आउने अरु दक्षिण एसियाली सरकार प्रमुखहरुसँग पनि प्रधानमन्त्री कोइरालाले