युक्रेनमा राष्ट्रपति निर्वाचनमा चकलेट किंङका नामले चर्चित अरबपति उद्योगपति पेट्रो पोरोपन्शें विजयी भएको दावी

जेष्ठ १२ । युक्रेनमा हिजो भएको राष्ट्रपति निर्वाचनमा चकलेट किंङका नामले चर्चित अरबपति उद्योगपति पेट्रो पोरोपन्शें विजयी भएको दावी गरिएको छ । पोरोपन्शेले ५५ प्रतिशतभन्दा बढी मत पाएको मतदानपछिका सर्वेक्षणहरुले देखाएको छ ।
यद्यपि, निर्वाचन आयोगले जीतको घोषणा गर्न भने बाँकी छ । पूर्व प्रधानमन्त्री यूलिया टाइमेन्शको भने दास्रो नम्बरमा रहेको देखाइएको छ । यूक्रेनको एकताका लागि महत्वपूर्ण मानिएको यस निर्वाचनमा १८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
पोरोपन्शेले जीतको दावी गर्दै आफू यूरोपियन युनियनसँग राम्रो सम्बन्ध बनाएर अगाडि बढ्ने बताउनुभएको छ । पूर्व राष्ट्रपति भिक्टर यान्कोभिचलाई अपदस्थ गराएपछि रिक्त रहेको राष्ट्रपति पदका लागि निर्वाचन गरिएको हो ।
रुससमर्थक यान्कोभिचको विरोधमा संघर्ष चर्केपछि गत फेबु्रअरीमा उनलाई अपदस्थ गरिएको थियो । रुस समर्थक पृथकतावादीहरुले चुनाव बहिष्कारका लागि मतदान केन्द्रसम्म पुगेर मतदातालाई धम्काएका थिए । AGENCIES