नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा पद तथा गोपनीयताको सपथ


 

जेष्ठ १२ । नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ लिएका छन।  सपथ समारोहमा भाग लिन दक्षिण एसियाली समकक्षीहरु भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।



नेपालका प्रधानमन्त्री सुशील कोइराला, पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ, अफगानिस्तानका राष्ट्रपति हमीद कारजाइ, श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल्ला गैयुम, भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेले विशिष्ट अतिथिका रुपमा समारोहमा भाग लिएका छन। 



बंगलादेशका तर्फबाट भने सभामुखले भाग लिएका छन। सपथ समारोहको सुरक्षाका लागि पाँचस्तरीय प्रवन्ध गरिएको छ । ६ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।



वायु र स्थल सुरक्षाकर्मी परिचालित सपथ समारोहमा विशेष तालिम प्राप्त कमाण्डो, सार्प सूटरहरु खटाइएको छ । इन्डियन एअर फोर्सलाई आकाशे सुरक्षाको जिम्मेवारी सुम्पिइएको छ ।



राष्ट्रपति भवनमा साँझ ६ बजेपछि हुने सपथ समारोहमा करिब चार हजार विशिष्ट पाहुना सामेल लिएका छन। 



यस्तै, विभिन्न देशका कूटनीतिक नियोगका विशिष्ट पदाधिकारीहरु समारोहमा सहभागी बनेका  छन । विशिष्ट पाहुनाहरु रहने होटलको सुरक्षाका लागि पनि उच्च सतर्कता अपनाइएको छ ।



यसैबीच, मोदीले ४५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् । मन्त्री बन्नेमा पार्टी अध्यक्ष राजनाथ सिंह गृह, अरुण जेटली अर्थ, सुष्मा स्वराज विदेश, रवीशंकर प्रसाद सञ्चार मन्त्री छन् ।



नितिन गडकरी, एम वेंकैया नायडू, सुमित्रा महाजन, स्मृति इरानी, मेनका गान्धीलगायत नेता पनि मन्त्री बन्नेछन् । AGENCIES