एमाओवादीको स्थायी समिति सदस्यका लागि भएको निर्वाचनमा विजयी हुनेहरु अधिकांश दाहाल निकटका

काठमाडौं – एनेकपा माओवादीको स्थायी समिति सदस्यका लागि सोमबार भएको निर्वाचनमा विजयी हुनेहरु अधिकांश अध्यक्ष पुष्पकमल दाहाल निकट रहेका छन्। १७ सदस्यीय स्थायी समितिमा बाबुराम भट्टराई सहित ३ जना बाहेक सबै दाहाल पक्षधर छन्।
१५१ केन्द्रीय सदस्य मतदाताले स्थायी समिति सदस्य चुनेका हुन्। यसअघि स्थायी समिति सदस्य रहेका दीननाथ शर्मा र लिलामणि पोखरेलले चुनाव हारेका छन्। स्थायी समितिमा चुनिएकाहरु पदाधिकारीका लागि प्रत्यासी हुन पाउनेछन्।
यसअघि पोलिट्ब्युरोका लागि हिजो भएको निर्वाचनमा ५१ मध्ये भट्टराई पक्षका जम्मा ६ जना निर्वाचित भएका थिए। दुवै मतदानलाई भट्टराई पक्षले बहिस्कार गरेको छ।
स्थायी समितिमा कसले कति भोट पाए?
१ पोष्टबहादुर बोगटी (१०३)
२. बाबुराम भट्टराई (९९)
३. वर्षमान पुन (९४)
४. जनार्दन शर्मा (९२)
५. कृष्णबहादुर महरा (९०)
६. हरिबोल गजुरेल (८८)
७. नारायणकाजी श्रेष्ठ (८६)
८. अग्नि सापकोटा (८४)
९. शक्ति बस्नेत (८२)
१०. गिरराजमणि पोखरेल (७८)
११. लोकेन्द्र विष्ट (७५ मत)
१२. टोपबहादुर रायमाझी (७०)
१३. नन्दकिशोर पुन (६७)
१४. चक्रपाणि खनाल ‘बलदेव’ (६६)
१५. देवेन्द्र पौडेल (६५)
१६. गोपाल किराँती (६२)
NAGARIKNEWS

आइतबार केन्द्रीय समितिले चयन गरेको एमाओवादी पोलिटब्यूरोले अहिले (सोमबार) स्थायी समितिको निर्वाचन गरिरहेको छ। एमाओवादी मुख्यालय पेरिस डाँडामा मतदान जारी छ। ५१ सदस्यीय स्थायी समितिले १६ सदस्यीय स्थायी समिति चयन गर्नेछ। आइतबार सम्पन्न एमाओवादी पोलिटब्यूरो निर्वाचनमा पोष्टबहादुर बोगटी अत्यधिक मतका साथ निर्वाचित भएका थिए।
 
१५० केन्द्रिय समितिबाट उनले १०० मत प्राप्त गरे। दोस्रोमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ९९ मत सहित निर्वाचित भएका छन्।  देवेन्द्र पौडेल ९९ मतका साथ तेस्रो स्थानमा आएका छन्। उनले एमाओवादीका प्रभावसाली नेता वर्षामान पुन भन्दा एक मत बढि ल्याएका छन्। पाँचौंमा ९७ मतका साथ नन्दबहादुर पुन र छैटौंमा कृष्णबहादुर पुन भएका छन्।
 
 
केन्द्रिय समितिले ५१ सदस्यीय स्थायी समिति चयन गर्दा वरिष्ठ नेता बाबुराम भट्टराई वीसौं स्थानमा पुगेका छन् । 
 
पोलिटब्यूरो टप टेनको सूची र मतः
१.  पोष्टबहादुर बोगटी