जेष्ठ १२ । भारतको उत्तर प्रदेशमा रेल दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ । ६ वटा डिब्बा भएको गोरखधाम एक्सप्रेस र स्टेसनरी सामान बोकेको रेल एकआपसमा ठोकिंदा ८० भन्दा बढी घाइते भएका छन् ।
गोरखपुरबाट हरियाणा राज्यको हिसारतर्फ गइरहेको स्टेसनरी सामान बोकेको रेलले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । AGENCIES