भैरहवा, जेष्ठ १३ । रुपन्देही प्रहरीले तेल चोरीमा संलग्न पश्चिमाञ्चल डिपोका कर्मचारी, ट्यांकर व्यवसायी, ट्यांकर चालक र सहचालकहरु विरुद्ध मुद्दा दायर गरेको छ । २४ दिनको अनुसन्धानपछि उनीहरुविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिएको हो ।
उनीहरुमाथि सम्पत्ति शुद्धिकरण, अख्तियार दुरुपयोग, भन्सार छलि, कालोबजारी, र चोरीको आरोपमा मुद्दा दायर गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुमाथि हदैसम्मको कारबाही, चोरीमा संलग्न ट्यांकर जफत र चोरी गरेको तेलको परिमाण बराबरको विगो कायम गरी असुल उपर गर्न समेत माग गरेको छ । IMAGEKHABAR