संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका आठ न्यायधीशद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण

काठमाडौं- सोमबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका आठ न्यायधीशले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
पुनरावेदन अदालतका आठ न्यायधिशलाई प्रधान न्यायधीश दामोदरप्रसाद शर्माले आज पद तथा गोपनियताको सपथ गराएका हुन्। 
नियुक्ति हुने न्यायधीशहरुमा वैद्यनाथ उपाध्याय,‌ ओमप्रकाश मिश्र, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीश शर्मा पौडेल छन्। 
शर्माले उनीहरुलाई आजै मुद्दाको सुनुवाइ गर्न इजलास तोकोके सर्वोच्च अदालका प्रवक्ता श्रीकान्त शर्माले पौडेलले जानकारी दिए। NAGARIKNEWS