एआईजीपी पदका लागि ७ नायब महानिरीक्षकको नाम सिफारिस

रिक्त रहेका नेपाल प्रहरीको अत्तिरिक्त महानिरीक्षक (एआईजीपी) पदका लागि ७ नायब महानिरीक्षक (आईजीपी) को नाम सिफारिस भएको छ ।
गृहसचिवको संयोजनमा प्रधानमन्त्री कार्यालयका सचिव दुर्गानिधि शर्मा र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल रहेको सिफारिस समितीले ७ जनाको नाम बढूवाको लागि सिफारिस गरेको हो।
मंगलबार बसेको समितिको बैठकले राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, केदार साउद, वीरेन्द्रबाबु श्रेष्ठ, प्रतापसिंह थापा, र रमेशशेखर बज्राचार्यको नाम सिफारिस गरेको छ। 
प्रहरीको नयाँ नियमावली अनुसार समितिले बढूवाको सूचना मंगलबार साँझसम्ममा प्रकाशित गर्नेछ । SETOPATI