जेष्ठ १४ । दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको जानसियोंग सहरस्थित एक अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुनेमा २० जना बिरामी र एक जना नर्स रहेको जनाइएको छ ।
मृत्यु हुनेमा ७० देखि ८० वर्षसम्मका बृद्धबृद्धा छन् । आगलागीमा अरु ६ जना गम्भीर घाइते भएका छन् ।
यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति पार्क जियुनले घटनाप्रति माफी माग्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।
यसअघि दक्षिण कोरियामा नै भएको डुंगा दुर्घटनामा ३ सय जनाको मृत्यु भएको थियो । (एजेन्सी)