पाकिस्तानमा आफूखुशी विवाह गरेको भन्दै एक गर्ववती महिलाको ढुंगा हानी हत्या

जेष्ठ १४ । पाकिस्तानमा आफूखुशी विवाह गरेको भन्दै एक गर्ववती महिलाको ढुंगा हानी हत्या गरिएको छ । पञ्जावका एक युवकसँग आफूखुशी विवाह गरेका तीस वर्षीया महिला फरजानालाई परिवारकै असन्तुष्ट सदस्यले ढुंगाले हानेर हत्या गरेका हुन् ।
परिवारले युवकविरुद्ध अपहरणको मुद्दा हालेकामा फरजानाले अपहरण नभइ आफूखशी विवाह गरेको भन्दै अदालतमा पुनरावेदन गरेकी थिइन् । सोही मुद्दाको सुनुवाइका लागि पतिसहित अदालत पुगेकी उनलाई परिवारकै सदस्यहरुले ढोकाबाट घिसार्दै ल्याई ढुंगा हानेर हत्या गरेका हुन् ।
हत्यालगत्तै महिलाका बाबुलाई प्रहरीले गिरफतार गरेको छ भने अरु फरार छन् । (एजेन्सी)