हेटौंडा, जेष्ठ १४ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नौ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामडी परिहार ग्रामका ३८ वर्षीय योगेन्दर महत्तो रहेका छन् ।
लागूऔषध बेचबिखन तथा ओसार प्रसार नियन्त्रण गर्ने विशेष अभियान अन्तर्गत सवारी साधन चेकजाँच गर्ने क्रममा आज बिहान महत्तो पक्राउ परेका हुन् ।
हेटौंडाबाट बाराको पथलैयातर्फ जाँदै गरेका महत्तोको साथबाट ९ केजी ४ सय ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिपक थापाले जानकारी दिए ।
महत्तोमाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । IMAGEKHABAR