पत्रकार मात्र हैन । सदा सर्बदा भाषण, सभा र समारोहमा उपस्थित हुने राजनितिक दलका नेताहरु पनि खेलको जर्सीमा देखिन्थे । जनताको सेवामा अहोरात्र खटिने कर्मचारीहरु पनि भलिबल खेल्नका लागि मैदानमा उत्रिए ।
गणतन्त्र दिबसको अबसरमा बुधबार बिहान ७ बजे कर्मचारी, पत्रकार र राजनितिक दलका नेताहरु तीन समुहको मैत्रीपुर्ण भलिबल प्रतियोगीता खेल्ने निर्णय भए अनुसार पत्रकार, कर्मचारी र राजनितिक दलका नेताहरु आआफ्नो जर्सीमा देखिन्थे । सबै जुटेपछि तीन समुहमा रहेका पत्रकार , कर्मचारी र राजनितिक दलका नेताहरु को को खेल्ने भन्ने निर्णयका लागि रेफ्रीले गोला थुताए । कर्मचारीले बाइ पायो भने ।
पत्रकार र राजनितिक दलका नेताहरुको मैत्रीपुर्ण भलिबल खेल सुरु भयो । राजनितिक दललाइ सोझो सेटमा हराएपछि पत्रकार र कर्मचारीको खेल सुरु भयो । कर्मचारीको समुहमा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रकास ढकालको नेतृत्वमा रहेको थियो । राजनितिक दललाइ हराएको पत्रकारको समुहले कर्मचारीको समुहलाइ जित्न सकेन । कर्मचारीले मैत्रीपुर्ण भलिबल जित्यो ।
बेस्ट अफ ३ मा खेलिएको खेलमा पहिलो खेल पत्रकारले जिते पनि त्यस पछिका दुइ खेल लगातार जितेर कर्मचारीले जीत हासिल गरेको हो ।