रौतहट, जेष्ठ १३ । स्वास्थ्यमन्त्री खगराज अधिकारीले आज रौतहटको चन्द्रनिगाहपुर गैडाटारको हैजा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका छन् । हैजा प्रभावित बस्तीका बासिन्दाहरुसँंगको भेटमा मन्त्री अधिकारीले शौचालयको प्रयोग गर्न सुझाव दिएका थिए ।
महामारीको रुपमा वर्षैपिच्छे झाडापखाला र हैजाको प्रकोप फैलने भएकाले सरसरफाइप्रति ध्यान दिन पनि उनले आग्रह गरे ।
रौतहटको उक्त बस्तीमा ७ सय ४५ जना झाडापखाला र हैजाका बिरामीको उपचार भइसकेको छ भने उपचारको लागि सञ्चालित शिविरमा दैनिक भर्ना हुने बिरामी १५ जना भन्दा बढी हुने गरेको चन्द्रनिगाहपुर अस्पतालले जनाएको छ । IMAGEKHABAR