पुल बनाउन खनिएको खाल्डोमा जमेको पानीभित्र डुबेर बुधबार तीन बालकको मृत्यु भएको छ ।
सुनसरीको धरानस्थित पानवारीमा रहेको पाखेरा खोलामा खनिएको खाल्डोमा खस्दा उनीहरुको ज्यान गएको हो ।
ज्यान जानेहरुमा ९ वर्षिय चिरन्जिवि गौतम र ८ वर्षिय भरत गौतम र ६ युवराज पौडेल रहेका छन् । चिरन्जिवी र भरत दाजुभाई हुन् ।
खोलामा पुल बनाउने क्रममा केही दिनअघि खाल्डो खनिएको थियो । दिउँसो खेल्ने क्रममा सो ठाउँमा पुगेका तीन जना बालकको ज्यान गएको धरान प्रहरीले जानकारी दिएको छ । SETOPATI
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७१