काठमाडौंका एसएसपी रमेश खरेललाई यथाशिघ्र सरुवा गर्ने गृहमन्त्री वामदेव गौतमको योजनामा निर्वाचन आयोगद्धारा अलमल

काठमाडौंका एसएसपी रमेश खरेललाई यथाशिघ्र सरुवा गर्ने उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको योजनामा निर्वाचन आयोगले अलमल गराइदिएको छ।
 
गृहमन्त्रालयले खरेलको सरुवा सहमतिका लागि आयोगमा पत्राचार गरेपनि बुधवार निर्णय भएन ।
 
निर्वाचन आचार संहिता अनुगमन समितिको बुधबारको बैठकमा यसबारे छलफल भएपनि निर्णयमा हुन सकेन।