गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा देशका विभिन्न कारगारमा सजाय भोगी रहेका १५५ जनाको बाँकी कैद मिनाहा

सातौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति डा रामवरण यादवले देशका विभिन्न कारगारमा सजाय भोगी रहेका १५५ जनाको बाँकी कैद मिनाहा गरेका छन् ।
 
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम राष्ट्रपतिले उनीहरूलाई कारगार मुक्त गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस सदर गरेका हुन् ।
 
मन्त्रिपरिषद्को गएराति अबेर प्रधानमन्त्री निवासमा भएको बैठकले असल चालचलन एवम् व्यवहार प्रदर्शन गर्ने ती कैदीको बाँकी सजाय माफी गर्ने निर्णय गरेको थियो । 
 
बुधबार राति गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष उक्त सिफारिस प्रस्तुत गरेको हो । 
मन्त्रिपरिषद्को हिजै बसेको बैठकले राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गरेका समाजका विभिन्न वर्गका व्यक्तिलाई मानपदवी प्रदान गर्न पनि राष्ट्रपतिलाई सिफारिस गरेको छ । रासस