काठमाडौं, जेष्ठ १५ । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइरालालगायत नेताहरुले देश विदेशमा रहेका सबै नेपालीमा शुभकामना दिएका छन् । राष्ट्रपति डा. यादवले राजनीतिक दलहरुले कबुल गरेको समयावधि भित्रै नयाँ संविधान निर्माण गर्नुको विकल्प नभएको प्रष्ट पारे ।
सात वर्र्षदेखि बाटो हेरिरहेका जनता अब बाचा र आश्वासन होइन, नयाँ संविधान कै प्रतीक्षामा रहेको र संविधान सभाबाट अपेक्षित अवधिमा संविधान बन्न नसक्दा राष्ट्रको मनोबलमा प्रतिकूल असर पर्न गएको तथ्यप्रति ध्यान दिन उनले सबैलाई आग्रह गरेका छन् ।
नयाँ संविधान सबै दृष्टिबाट सन्तुलित, लोकतान्त्रिक र समावेशी हुनु अपरिहार्य रहेको उल्लेख गर्दै उनले संविधानको प्रमुख उद्देश्य राष्ट्रिय एकता, अखण्डता, सामाजिक सद्भाव र सामञ्जस्यताको सुदृढीकरण हुनुपर्नेमा पनि जोड दिएका छन् ।
लोकतान्त्रिक पद्धतिको सफलता संविधान र कानूनद्वारा सिर्जित संस्थाहरुको सुसञ्चालनमा निर्भर रहने भएकाले जबसम्म राज्यका साना