जेष्ठ १५ । युक्रेनमा रुस समर्थित पृथकतावादीहरुले सैन्य हेलिकप्टरमा आक्रमण गर्दा सैन्य जनरलसहित १४ जना मारिएका छन् । पृथकतावादीहरुले रुसमा बनेका एन्टी एअरक्राफ्ट प्रणालीबाट स्लोभियन्स्क नजिक हेलिकप्टरमा आक्रमण गरेको युक्रनी अधिकारीहरुले जनाएका छन् ।
स्लोभियन्स्क र क्रामातोकर््स क्षेत्रस्थित सैन्यबेसमा हेलिकप्टरबाट सेना झार्दै गर्दा पृथकतावादीहरुले आक्रमण गरेका थिए । स्लोभियन्स्कमा केही हप्तायता पृथकतावादी र सरकारी सेनाबीच भीषण संघर्ष भैरहेको छ ।
यसअघि पनि उनीहरुले दुईवटा सैन्य हेलिकप्टर खसालिसकेका छन् । युक्रेनमा पेट्रो पोरोशेन्को राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्वी क्षेत्रहरुमा पृथकतावादीहरुले आक्रमण तीव्र पारेका छन् । (एजेन्सी)