लमजुङ, जेष्ठ १६ । महिला हिंसा विरुद्ध लमजुङका महिलाहरुले आज लमजुङ बन्द गरेका छन् । गत बुधबार मध्यमस्र्याङ्दी जलविद्युतको जलाशयमा मृत अवस्थामा फेला परेकी लमजुङको बाहुनडाँडा गाउँ विकास समिति वडा नम्बर ८ लामपाटाकी १८ बर्षिया आइतमाया तामाङको हत्या भएको भन्दै कारबाहीको माग गर्दै महिलाहरुले आज लमजुङ बन्द गरेका हुन् ।
बन्दका कारण सदरमुकाम बेसीसहर सहित अन्य स्थानका बजारहरुपनि खुल्न सकेका छैनन भने लामो तथा छोटो दुरीका यातायातका साधन र शैक्षिक संस्थाहरु समेत बन्द छन् । घटनाको दोषीलाई कार्वाही गर्नुपर्ने र महिला हिंसा बन्द गर्नुपर्ने मागसहित पीडित पक्ष र लमजुङका महिलाहरु केह िदिन यता आन्दोलित छन् ।
दोषीलाई कार्वाहीका लागि प्रहरी प्रशासनसंग लिखित प्रतिवद्धताको माग गर्दै आफन्तले मृतकको शव समेत बुझ्न अस्वीकार गरेका छन् । मृतकको बलात्कार पछि हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा बाहुनडाँडा ६, ठूलीबेसी जीतबहादुर अधिकारी र उनका हजुरआमा पदमकुमारीलाई नियन्त्रणमा लिएको छ । IMAGEKHABAR