निर्वाचन आयोगद्धारा काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई काज सरुवा गर्ने गृह मन्त्रालयको निर्णय रोक

काठमाडौं, जेष्ठ १६ । निर्वाचन आयोगले काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई काज सरुवा गर्ने गृह मन्त्रालयको निर्णय रोकेको छ । आयोगले निर्वाचन आचारसंहिता विपरित हुने भन्दै खरेलको सरुवामा सहमति नदिने निर्णय गरेको छ ।
निर्वाचन आयोगको आज बसेको बैठकले एसएसपी खरेलको सरुवा निर्वाचन आचारसंहिता विपरित हुने ठहर गरेको हो । काज सरुवाका विषयमा सहमति खोज्न गृह मन्त्रालयले निर्वाचन आयोगमा पत्र पठाएको थियो ।
संविधानसभा उपनिर्वाचनको आचारसंहिता लागू भइसकेकाले सरुवा बढुवाका लागि आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।