अख्तियारद्धारा नेपाल आयल निगमका २० जना कर्मचारीविरुद्द मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका २० जना कर्मचारीविरुद्द मुद्दा दायर गरेको छ । नेपाल आयल निगम लगातार घाटामा गई ठुलो रकम संचित नोक्सानी र ऋण तिर्न बाँकी रहँदा रहँदै अनियमित तवरले बोनस वितरण गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्द मुद्दा दायर गरेको हो ।
आथिर्क वर्ष २०६६।०६७ को अन्त्यमा करिव ११ अरव ४४ करोड ऋण तिर्न बाँकी हुँदाहुँदै बोनस वितरणको लागि सरकारको कुनै निकायबाट स्वीकृति प्राप्त नभएकै अवस्थामा गैह्रकानूनी निर्णय गरी र १ करोड ७२ लाख ५८ हजार ४ सय ५ रूपैया ४१ पैसा बोनस वितरण गरी निगमलाई हानी नोक्सानी पुर्याएको देखिएको अख्तियारे दाबी गरेको छ । 
नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्याल, निर्देशक नागेन्द्र साह, प्रबन्धकहरू कमलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले, उप निर्देशक शरदप्रसाद पौडेल, शुसिल भट्टराई, उपप्रबन्धक नव विनोद पोखरेल, सहायक प्रबन्धक प्रदिपमान वसी, बरिष्ठ सहायक देवीप्रसाद न्यौपाने,तत्कालीन निमित्त कार्यकारी निर्देशकहरू सुरेश कुमार अग्रवाल शिव प्रसाद पुडासैनी