जेष्ठ १७ । विश्व धूमपानरहित दिवस आज विविध चेतनामूलक कार्यक्रमगरि नेपालमा पनि मनाइँदै छ । सूर्तिजन्य पदार्थमा कर बढाऔं, रोग तथा मृत्यु घटाऔं भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
विश्व धूमपानरहित दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले हिजो राजधानीमा गरेको कार्यक्रममा धूमपानका कारण नेपालमा वर्षेनी १५ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
नेपालमा २४ प्रतिशत पुरुष तथा १६ प्रतिशत महिलाले धूमपान गर्ने गरेको बताइएको छ । सो अवसरमा स्वास्थ्यमन्त्री खगराज अधिकारीले धूमपानरहित समाज निर्माणका लागि सबैले आ