नेपालगञ्ज, जेष्ठ १७ । बाँकेमा अवैध सामान राखिएको आशंकामा प्रहरीले ९ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । गएराति बाँके-बर्दियाको सीमाना मानखोला नजिक सम्झना चोकबाट ८ वटा र गनापुरबाट एउटा ट्रक प्रहरीले चालकसहित नियन्त्रणमा लिएको हो ।
ट्रकमा एक जना वनका सुरक्षा गार्डसमेत रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका ट्रकहरु जिल्ला प्रहरी कार्यालयको परिसरमा राखिएका छन् ।
ट्रकहरु बझाङ जिल्लादेखि सामान लोड गरेर कैलाली, बर्दिया हुँदै नेपालगन्ज आइरहेका थिए । वन कार्यालय, राजश्व तथा जडिबुटी संघको प्रतिनिधिहरुको रोहबरमा ट्रकमा टाँचा लगाएर राखिएका सामानहरु खोलेपछि मात्र अवैध समान भए/नभएको पुष्टि हुने बाँकेका प्रहरी उपरीक्षक शेखर कोइरालले बताए । IMAGEKHABAR