– अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची जेठ १७ । जिल्लामा पहिलो पटक भएको अर्घाखाँची डान्सिङ स्टारको दोस्रो चरणबाट दश जना छनोट भएका छन् । ५२ जना सहभागि सो प्रतियोगिताको पहिलो चरणबाट ३२ जना छनोट भएका थिए । दोस्रो चरणमा २२ जना बाहिरीए पछि दश जना छानिएका हुन । अर्घाखाँची युथ सेवाको आयोजनामा अर्घाखाँची डान्सीङ स्टार २०१४ सुरु भएको हो । प्रतियोगिता अन्र्तगतको पहिलो चरण गत शनिवार सम्पन्न भएको थियो ।
दश जना भित्र पर्नेहरुमा गौरीशंकर इङलिस वोर्डिङ स्कुलमा दश कक्षामा अध्ययनरत स्नेहा केसी, गौरीशंकरमै पाँच कक्षामा अध्ययनरत बिन्दु जिएम, युवा वर्ष जनता रबिचित्रमा कक्षा नौमा अध्ययनरत सन्तोष तामाङ्ग, युवा वर्षकै छ कक्षा मा अध्ययनरत संगिता नेपाली, अर्घाखाँची आवसिय उच्च माविबाट एसएलसी दिएका सागर पन्थी र आषिश गहतराज, अर्घाखाँची आवसियमा कक्षा सातमा अध्ययनरत सुरुचि रायमाझी, जनज्योति उच्च माविमा कक्षा नौ मा अध्ययनरत विश्व पन्थी, मदरल्याण्ड वोर्डिङ स्कुलमा कक्षा छ मा अध्ययनरत अनमिका सारु र सितापुर-५ शिर्खका शिव क्षेत्री छनोटमा परेका छन् ।
३२ जना मध्ये अधिकांशको नृत्य उत्कृष्ट भएकाले छनोट गर्न निकै समस्या परेको आस्था कला केन्द्र बुटवलका कोरियोग्राफर तथा जर्ज लोकेन्द्र शाहले बताए । छनोटमा नपरेकाहरु पनि परिएन भनेर चिन्ता मान्नु पर्दैन उनले भने, मेहेनत गरे छनोटमा नपरेकाले पनि भविश्यमा राम्रो गर्न सक्छन । अन्तिम चरणको कार्यक्रमबाट एक जनालाई अअर्घाखाँची डान्सिङ्ग स्टार घोषणा गर्ने युथ सेवाका वरिष्ट उपाध्यक्ष प्रदिप नेपालीले बताए । जेठ २४ गते अन्तिम चरणको कार्यक्रम रहेको छ । सो दिन विविध सास्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको उनले बताए । २४ गते गायक सुनिल गिरी, विराट कडरिया, गोविन्द राइको सहभागितामा रहने युथ सेवाका प्रभक्ता नविन पन्थीले बताए ।
जिल्लामा रहेका प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । यो प्रगियोगिताले जिल्लामा नृत्यको क्षेत्रमा राम्रो संभावना भएकाको कला प्रष्पोटित भएको उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण श्रेष्ठले बताए । कला क्षेत्रको उत्थानमा युथ सेवाले राम्रो काम गरेको छ उनले भने, यसलाई रोक्नु हुँदैन, निरन्तरता दिनु पर्छ । प्रगियोगिताको तेस्रो चरणमा परेका सागर पन्थीले आफू डान्सिङ स्टार बन्ने आशा व्यक्त गरे । अब धेरै मेहेनत गर्छु उनले भने, डान्सिङ स्टार बन्छु भन्ने लाको छ ।