लुम्बिनी साहित्य प्रतिष्ठान अर्घाखाँचीको पहिलो साधारण सभा सम्पन्न


अर्घाखाँची जिल्लाको सन्धिखर्क ।

 

अर्जुन भुसाल

 

सन्धिखर्क,  अर्घाखाँची जेष्ठ १७  ।  लुम्बिनी साहित्य प्रतिष्ठान नेपाल अर्घाखाँचीको पहिलो साधारण सभा तथा अविवेशनले बिष्णु बस्यालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ  । जसको उपाध्यक्षमा राम बशु , सचिबमा हिम बहादुर जि.सी लेकाली, सहसचिवमा केशव आचार्य , कोषाध्यक्षमा मन्जु घिमिरे रहेकी छिन्  । त्यस्तै सदस्यहरुमा तिर्थराज आचार्य , शोभाशिंह ठकुरी , लिला ढुङ्ग्गाना , यशोधा पौडेल , कमल पोखरेल , बसन्त श्रेष्ठ छापेली , प्रभात कुवँर , बासुदेब पन्थी,  देवेन्द्र  कुवर लगायतका रहेका छन्  । 

 

साधारण सभाको लुम्बिनी वाङ्ग्मय प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष हिमलाल ज्ञवालीले उद्घाटन गरेका थिए  । साधरणसभामा  बोल्दै  अध्यक्ष  ज्ञवालीले साहित्य क्षेत्रमा सवैलाई लाग्न प्रेरित गर्दै साहित्य आफैमा जिवनको अत्याबश्यक पक्ष भएको बताए ।   कार्यक्रममा बौद्ध बिश्वबिद्यालयका प्राध्यापक गोपिरमण उपाध्यय , केन्द्रिय सचिव राजेन्द्र आचार्य , रुपन्देही सँयोजक ऋषी आजात , लगायतका  साहित्यकारहरुले बोलेका थिए  ।

 

कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली भाषा र साहित्यको क्षेत्रमा अग्रज साहित्यकारले पु-याएको योग्दानको कदर गर्दै अगाडि बड्नु पर्ने बताएका थिए । सोही अबसरमा भानुभत्तको दोस्रो सतबार्षिकी समेत मनाइएको छ ।  कार्यक्रममा जिल्लाका दर्जनौ साहित्यकारको उत्साह जनक सहभागिता रहेको थियो ।  कार्यक्रमा स्वस्ती वाचन , स्वागत गित र राष्ट्रिय गित गाएर सुरुवात गरिएको थियो ।

कार्यक्रममा  राष्ट्रिय जनसास्कृतिक महासंघका लुम्बिनी अञ्चल प्रमुख लक्ष्मण रायमाझी , लुम्बिनी वाङ्ग्मय साहित्य प्रतिष्ठान नेपालका केन्द्रिय उपाध्यक्ष एवं  अर्घाखाँचीका अध्यक्ष माधवराज चुदाली, उपाध्यक्ष राम बशु, सचिव हिमबहादुर जिसी लेकाली,   साहित्यकारहरु जर्नादन खनाल , पिताम्बर भट्टराई , बिष्णु पराजुली , बिष्णु केसी , देवेन्द्र कुवँर , महेश भुसाल , शेषकान्त घिमिरे ओषन , उमा बेल्बासे , पत्रकार गणेष खनाल , लगायत आफ्नो मन्तब्य तथा साहित्यक रचना प्रस्तुत गरेका थिए  ।

अन्य समाचारहरु