एकीकृत माओवादीमा ६ सय १३ जनाको केन्द्रीय परिषद

काठमाडौं, जेष्ठ १७ । एकीकृत माओवादीले ६ सय १३ जनाको केन्द्रीय परिषद बनाएको छ । 
केन्द्रीय समितिको आज बसेको बैठकले अहिलेका केन्द्रीय सदस्य, निवर्तमान केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार र जिल्ला इन्चार्ज रहने गरी केन्द्रीय परिषद बनाएको हो ।
बैठकले वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई सदन र अध्ययन अनुसन्धान, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र, सचिव वर्षमान पुनलाई पार्टी स्कुलिङको जिम्मेवारी दिएको छ ।
आजको बैठकमा पनि नेता भट्टराई र टोपबहादुर रायमाझी अनुपस्थित थिए ।  IMAGEKHABAR