काठमाडौं, जेष्ठ १७ । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालमा प्रलोभन देखाइ हिन्दू धर्मावलम्बीहरुलाई जर्बजस्ती धर्म परिवर्तन गराइएको भन्दै आपत्ति जनाएका छन् ।
व्यक्तिगत भ्रमणको क्रममा काठमाडौंमा रहेका नेता कोसियारीले रिपोट्र्स क्लबले शनिबार गरेको साक्षात्कारमा ८० प्रतिशत भन्दा बढी हिन्दू बसोबास गर्ने मुलुक आफैंमा हिन्दूराष्ट्र हुने बताए ।
उनले नेपाललाई हिन्दूराष्ट्र बनाउने वा नबनाउने विषय नेपाली जनताको हातमा रहेको भन्दै यसमा भारतले कुनै हस्तक्षेप नगर्ने प्रष्ट पारे ।
भारतले नेपाललाई गर्ने कुनै पनि सहयोग स्वार्थरहित हुने गरेको भन्दै उनले अन्य विदेशीले गर्ने सहयोगमा स्वार्थ लुकेको जिकिर गरे ।
नेपाल बलियो भएमात्रै भारत पनि बलियो हुने भन्दै उनले समयमै नेपालमा नयाँ संविधान बन्नुपर्नेमा जोड दिए । IMAGEKHABAR