काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई अन्ततः सरकारले प्रहरी मुख्यालयमा

काठमाडौं, जेष्ठ १७ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई अन्ततः सरकारले प्रहरी मुख्यालय तानेको छ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको आदेशमा प्रहरी प्रधान कार्यालयले खरेललाई काठमाडौबाट सरुवा गर्न लागेकोमा निर्वाचन आयोगको स्वीकृति नपाएपछि प्रक्रिया बीचैमा रोकिएको थियो ।
तर, खरेलको विवादास्पद अभिब्यक्तिबारे छानबिन गर्न डीआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित छानबिन समितिको बयानको लागि भन्दै खरेललाई हनुमानढोकाबाट मुख्यालय नक्साल तानिएको बुझिएको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लाग्ने भएकाले सरकारले खरेललाई फिर्ता बोलाइएको औपचारिकपत्र भने हनुमानढोका नपठाएको बुझिएको छ ।
खरेलले गत साता राजधानीमा भएको एक कार्यक्रममा