अमेरिका र तालिवानबीचको सौदावाजीमा एक अमेरिकी सैनिक तालिवानी नियन्त्रणबाट मुक्त

जेष्ठ १८ । अमेरिका र तालिवानबीचको सौदावाजीमा एक अमेरिकी सैनिक तालिवानी नियन्त्रणबाट मुक्त भएका छन् । क्यूवास्थित ग्वान्तानामो बन्दीगृहमा राखिएका साथीको रिहाईपछि तालिवानले आफ्नो नियन्त्रणमा रहेका अमेरिकी सैनिक बोव बेर्गेडेललाई रिहा गरेको हो ।
तालिवानले रिहाईको मध्यस्थता गरेको कतारलाई बर्गेड सुम्पिएको छ । अफगानिस्तानमा पाँच वर्षसम्म तालिवानको नियन्त्रणमा राखिएका २८ वर्षिय बेर्गेड स्वस्थ छन् ।
बर्गेडको रिहाईको सट्टामा अमेरिकाले क्युवास्थित ग्वातानामो वेको कारागारमा राखिएका पाँच अफगान कैदीलाई छाडेको थियो । बर्गेडको रिहाईपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले युद्ध क्षेत्रमा कुनै पनि अमेरिकी सैनिकलाई नछोड्ने प्रतिबद्धता अनुरुप नै बर्गेडको रिहाई भएको बताए  ।
जर्मनीमा रहेको अमेरिकी सेनाको अस्पतालतर्फ लगिएका उनलाई चाँडै अमेरिका पुआफ्ना एक सैनिक छुटाउन अमेरिकाले गर्‍यो तालिवानसँग सौदावाजी याइने छ । तालिवानले उनलाई सन् २००९ को जुन ३० मा नियन्त्रणमा लिएको थियो । AGENCIES