सुनसरी, जेष्ठ १८ । सुनसरीको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र नर्सहरु आजदेखि काम छाडेर आन्दोलनमा उत्रिएका छन् । उनीहरु सरकारले बृद्धि गरेको १८ प्रतिशत तलव र एक हजार भत्ताको माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।
केही दिन यता शान्ति पूर्ण आन्दोलन गर्दै आइरहेका कर्मचारीहरुमाथि गत शुक्रबार प्रतिष्ठानका पदाधिकारीहरुले प्रहरी बल प्रयोग गरी हटाउन खोजेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।
कर्मचारीहरुले बल प्रयोग गर्न आदेश दिने प्रतिष्ठानका चारजना पदाधिकारीहरुको राजिनामाको समेत माग गरेका छन् । श्ुाक्रवार सम्म शान्तिपूर्ण रुपमा आन्दोलन गर्दै आएका प्रतिष्ठानका नर्सिङ स्टाफ र कर्मचारीहरुले आकस्मिक सेवा बाहेकका कामलाई यथावत राखेर अन्य सेवाहरु ठप्प पारेका छन् । IMAGEKHABAR