राप्रपा नेपालले आर्थिक बर्षको लगभग अन्ततिर चार अर्ब भन्दा बढी रकम रकमान्तर गरी राष्ट्रिय सम्पत्ति जथाभावी वितरण गर्ने सरकारको कदमको निन्दा गर्दै बैठक अवरुद्ध गरेको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा कमल थापाको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निर्णय गरेको राप्रपा नेपालका प्रेस सल्लाहकार मोहन श्रेष्ठले बताए।
साथै बैठकबाट राप्रपा नेपालले यसअघि दर्ता गरिसकेको स्थानीय निकायको चुनावको तत्काल मिति घोषणा गरियोस भन्ने अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव, नेपाल बन्द कहिल्यै गर्न हुँदैन भन्ने संकल्प प्रस्ताव र भ्रष्टाचार निवारण तथा बेरोजगारी समस्याका बारे अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धमा मा.सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
प्रस्तावहरु क्रमशः शुसीलकुमार श्रेष्ठ, विराज विष्ट, भास्कर भद्रा र कुन्तीकुमारी शाहीले प्रस्तुत गर्ने निर्णय भएको छ।
SETOPATI
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७१